मेट लाइफको नाफा ४० प्रतिशत घट्यो, जीवन बीमा कोषमा सवा २३ अर्ब

0
Shares

मेट लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौं त्रैमाससम्ममा ३५ करोड ९९ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अपरिष्कृष्त वित्तिय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले खुद मुनाफा ३९.६६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको कम्पनीले ५९ करोड ६५ लाख ६७ हजार रुपैयाँ खुद नाफामा थियो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन १ प्रतिशतले वृद्धि भई ५ अर्ब ४ करोड ८१ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा खुद बीमा शुल्क ४ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कम्पनीले गत आवमा २ अर्ब ७८ करोड ५९ लाख ५८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा करिब ३० प्रतिशत कम हो ।

कम्पनीको जीवन बीमा कोष २३ अर्ब २३ करोड ७४ लाख १९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ९६ करोड ४८ लाख ६३ हजार रुपैयाँ सञ्चित छ । यस्तै महाविपत्ति कोषमा ४० करोड ६० लाख ४३ हजार छ । अघिल्लो आवको तुलनामा जीवन बीमा कोष १५.३० प्रतिशत, जगेडा कोष १३ प्रतिशत र महाविपत्ति कोष ९.७३ प्रतिशतले बढेको हो ।

गत आवमा कम्पनीले पुनर्बीमा कमिसनबाट ११ करोड ९ लाख लगानी कर्या तथा अन्यबाट २ अर्ब ८ करोड ८८ लाख रुपैयाँ र बीमालेख धितोबाट १५ करोड ८९ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिसन वापत ४७ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ ।

गत आवमा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम २८१ वटा संख्याको ६२ करोड ५० लाख ६५ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा ९ हजार १२ वटा दाबी वापत २ अर्ब ८८ करोड ७४ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० हजार ८८१ दाबी वापत ४ अर्ब ८ करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी भएको थियो । सो समयमा कम्पनीले ४९४ वटा दाबीको ७० करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।