मेगामा गाभिन लागेको गण्डकी विकास बैंकले १७.३२ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

गण्डकी विकास बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई १७.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँको १७.३२ प्रतिशतले हुन आउने ४७ करोड ६३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

मेगा बैंक र गण्डकी विकास बैंकले एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरेका छन्। मेगा बैंकले असोज ८ गते बुधबार गण्डकी विकास बैंक प्राप्ती गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेको हो।