लक्ष्मी फन्डका दुई योजनाको प्रतिफल आजसम्म इकाई खरिद गर्नेले मात्र पाउने

0
Shares

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फन्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

गत आवबाट लक्ष्मी इक्विटी फन्डले कर सहित ८ प्रतिशत तथा लक्ष्मी उन्नती कोषले कर सहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रतिफलका लागि भोलि साउन ३२ गते बुकक्लोज तोकिएको छ ।

बुकक्लोज अनुसार अघिल्लो कारोबार दिन अर्थात साउन ३१ गते बुधबारसम्म इकाई खरिद गर्नेले मात्र प्रतिफल पाउनेछन् । त्यसकारण दुबै योजनाको प्रतिफल पाउन आजसम्म इकाईधनी भैसक्नुपर्छ बिहीबार वा सोभन्दा पछि इकाई किन्नेले प्रतिफल पाउँदैनन् ।

दुबै योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने भने कोष प्रबद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।