नेको इन्स्योरेन्सको नाफा ५५ करोड माथि, दश हजार दाबीमा साढे १ अर्ब भुक्तानी बाँकी

0
Shares

नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ५५ करोड बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ५४ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा समीक्षा अवधमिा १.५३ प्रतिशतले बढेर ५५ करोड ३१ लाख ४२ हजार रुपैयाँ पुगेको हो ।

खुद बीमाशुल्क घटेपनि कम्पनीले नाफा भने बढाएको हो । गत आवमा कम्पनीले १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.०३ प्रतिशत अर्थात ६ करोड ९६ लाख ४७ हजार रुपैयाँ कम हो ।

कम्पनीले गत आवमा पुनर्बीमा कमिशन बापत ३६ करोड ६८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १८ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा पुनर्बीमा कमिशन आय १८.२५ प्रतिशत र लगानी कर्जा तथा अन्य आय २२.११ प्रतिशत धेरै हो ।

गत आवमा कम्पनीले अभिकर्ता कमिसनमा ७.५३ प्रतिशत थोरै ६ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै खुद दाबी भुक्तानी पनि ०.१३ प्रतिशत घटेर ८७ करोड १४ लाख ८९ हजार बराबरको गरेको छ ।

चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा छ । पुँजी वृद्धि १५ प्रतिशतको अनुपातमा नाफा नबढेपछि इपीएस ३ रुपैयाँ ६४ पैसा घटेको छ ।

नेकोको जगेडा कोषको आकारमा २.६९ प्रतिशतले संकुचन आई ४९ करोड ३१ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यस्तै २०.३४ प्रतिशत बढेर बीमा कोषमा १ अर्ब ६३ करोड ६० लाख ६७ हजार रुपैयाँ पुग्दा महाविपत्ती कोषमा पनि ३७ प्रतिशतभन्दा धेरै वृद्धि हुँदै १० करोड २१ लाख ३३ हजार रुपैयाँ सञ्चित भएको छ ।

असार मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात ३२.४२ गुणा छ ।

गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा १ हजार ६६६ वटा कम अर्थात २ लाख ९७ हजार ११४ वटा बीमालेख जारी गरेको छ । जमसमध्ये ८१ हजार ६३३ वटा बीमालेख नवीकरण भएका छन् । कुल बीमाशुल्क २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड ४६ लाख कम हो ।

असारसम्म कम्पनीले १० हजार ६१ दाबीको १ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ गर्न बाँकी छ । अघिल्लो आवमा ९ हजार ८५३ दाबीको १ अर्ब ९३ करोड ७४ लाख रुपैयाँ गर्न बाँकी छ । अघिल्लो आवको तुलनामा कम्पनीको दाबी भुक्तानी संख्या २०८ वटाले धेरै भएपनि ४९ करोड ८३ लाखले घटेको छ ।

गत आवमा १० हजार ९९४ दाबीमा १ अर्ब ६४ करोड ७४ लाख भुक्तानी गरेको छ । अघिल्लो आवमा नेकोले ९ हजार ५७२ दाबीमा १ अर्ब ३९ करोड ६४ लाख भुक्तानी गरेको छ । अघिल्लो आवको तुलनामा १ हजार ४२२ वटा धेरै दाबी भुक्तानी गर्न रकममा पनि २५ करोड १० लाखले बढोत्तरी भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।