शिखरको नाफा ४० करोड ३१ लाख धेरै, १२ हजार दाबीको २ अर्ब भुक्तानी बाँकी

0
Shares

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४० करोड ३१ लाख बढी खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा २७ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा समीक्षा अवधमिा ४६.५६ प्रतिशतले बढेर ४० करोड ३१ लाख ७४ हजार रुपैयाँ पुगेको हो ।

समीक्षा अवधमिा खुद बीमाशुल्क बढेपछि कम्पनीले नाफामा पनि त्यसको असर पुगेको हो । गत आवमा कम्पनीले १ अर्ब ५९ करोड २० लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २५.२६ प्रतिशत अर्थात ३२ करोड १० लाख ५५ हजार रुपैयाँ धेरै हो ।

कम्पनीले गत आवमा पुनर्बीमा कमिशन बापत ५९ करोड ६० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १६ करोड १२ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा पुनर्बीमा कमिशन आय १८.५४ प्रतिशत घठेको छ भने लगानी कर्जा तथा अन्य आय ५५.३१ प्रतिशत धेरै हो ।

गत आवमा कम्पनीले अभिकर्ता कमिसनमा ४१ लाख ९१ हजार बढी अर्थात २ करोड ९८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । यस्तै खुद दाबी भुक्तानी पनि १ करोड ८३ लाख बढेर १ अर्ब ५ करोड ९० लाख ६९ हजार बराबरको गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ १९ पैसा छ । पुँजी वृद्धि १६ प्रतिशतको अनुपातमा नाफा बढेपछि इपीएस ३ रुपैयाँ १६ पैसा बढेको हो ।

शिखर इन्स्योरेन्सको जगेडा कोषको आकारमा २३.९० प्रतिशतले संकुचन आई ५९ करोड ६९ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यस्तै १५.०९ प्रतिशत बढेर बीमा कोषमा १ अर्ब ५३ करोड ७४ लाख ३६ हजार रुपैयाँ पुग्दा महाविपत्ती कोषमा पनि १६ प्रतिशतभन्दा धेरै वृद्धि हुँदै १४ करोड ५८ लाख २८ हजार रुपैयाँ सञ्चित भएको छ ।

असार मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात ५५.६४ गुणा छ ।

गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा ३५ हजार ४६८ वटा धेरै अर्थात २ लाख ९८ हजार ६६ वटा बीमालेख जारी गरेको छ । जमसमध्ये ८१ हजार २७१ वटा बीमालेख नवीकरण भएका छन् । कुल बीमाशुल्क ५ अर्ब ३१ करोड ६१ लाख २१ हजार रुपैयाँ संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४४ करोड ३ लाख बढी हो ।

असारसम्म कम्पनीले १२ हजार २८ दाबीको १ अर्ब ८८ करोड २६ लाख २० हजार रुपैयाँ गर्न बाँकी छ । अघिल्लो आवमा १५ हजार ९०० दाबीको २ अर्ब ४२ करोड ३६ लाख ३९ हजार रुपैयाँ गर्न बाँकी छ । अघिल्लो आवको तुलनामा कम्पनीको दाबी भुक्तानी संख्या ३ हजार ८७२ वटाले घटेपछि भुक्तानी गर्दा रकम पनि ५४ करोड १९ लाख रुपैयाँले घटेको छ ।

गत आवमा २९ हजार २३५ दाबीको २ अर्ब ७७ करोड २५ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा शिखरले १८ हजार ८८४ दाबीमा २ अर्ब १६ करोड ६६ लाख १६ हजार भुक्तानी गरेको छ । अघिल्लो आवको तुलनामा १० हजार ३५१ वटा धेरै दाबी भुक्तानी गर्न रकममा पनि ६० करोड ५९ लाख रुपैयाँले बढोत्तरी भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।