रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजार बने सेयरधनी

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुधबार बाँडफाँड भएको छ । सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलमा बाँडफाँड सम्पन्न भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट कुल ९ लाख ६० हजार जनाले १० कित्ताका दरले सेयर हात पार्दै सेयरधनी बनेका छन् ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३५३ जना आवेदकको आवेदन परेको थियो । जसमध्ये ७ हजार ५१७ जनाको आवेदन रद्द भएको थियो भने १३ लाख ५६ हजार ८३६ जनाको आवेदन सदर भई बाँडफाँडमा सहभागि गराइएको थियो । सदर आवेदकमध्ये ३ लाख ९६ हजार ८३५ जनाको हात खाली भएको छ ।

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरी बाँटफाँट गरिसकेको छ । यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेका ९६ लाख कित्ता सेयर सर्वसाधारणको लागि बाँडफाँड भएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।