रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बुधबार भएको सेयर बाँडफाँडमा ९ लाख ६० हजारले १० कित्ताकादरले सेयर प्राप्त गरेका छन् भने ३ लाख ९६ हजार ८३५ जनाको हात खाली भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आईपीओको बाँडफाँडको नतिजा केही समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न चार स्थानबाट नतिजा हेर्न सकिनेछ ।

१. सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेवसाइट

२. बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेवसाइट

३. मेरो सेयर मोबाइल एप तथा वेवसाइटबाट एप्लीकेशन रिर्पोटमा

४ं सेयर निष्कासनकर्ता कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

लगानीकर्ताले आफ्नो १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर र सेयर निष्कासनकर्ता कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छनौट गरेर आईपीओ परे नपरेको हेर्न सक्नेछन् । साथै मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर नतिजा हेर्न सकिने छ ।

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजार बने सेयरधनी

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।