प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने, चुक्ता पूँजी ८० करोड नाघ्ने

0
Shares

प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएका छन् ।

मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरे ।

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ८० करोड नाघ्नेछ।

प्रभु क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त कम्पनीको हो । त्यस्तै समृद्धि क्यापिटल लिमिटेड लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त संस्था हो ।

हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्था मार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जरका लागी अगाडी बढाईएको र यस बाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको छ ।