लक्ष्मी उन्नति कोषको इकाईमूल्य समायोजन, लक्ष्मी इक्वीटीको किन भएन ?

0
Shares

लक्ष्मी उन्नति कोषको इकाई बिहीबार समायोजन भएको छ । फन्डले प्रस्ताव गरेको नगद लाभांशपछि सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले लक्ष्मी उन्नति कोषको ९.५० प्रतिशत नगद लाभांश समायोजन गरी बिहीबार इकाई मूल्य ८ रुपैयाँ ३० पैसा निर्धारण गरेको हो । बुधबार फन्डको प्रतिइकाई ९ रुपैयाँ २५ पैसामा अन्तिम पटक कारोबार भएको थियो ।

उन्नति कोषले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । प्रतिफल वितरणका लागि साउन ३२ गते बिहीबार बुकक्लोज गरेको हो ।

नेप्सेले बजार मूल्यको दश प्रतिशत भन्दा नगद लाभांश वितरण गर्ने कम्पनीको सेयरमूल्य समायोजन गर्दै आएको छ । लक्ष्मी इक्वीटी फन्डले इकाईमूल्यको दश प्रतिशतभन्दा कम प्रतिफल वितरण गरेका कारण इकाईमूल्य समायोजन नभएको हो ।

लक्ष्मी इक्वीटी फन्डको बुधबार ९ रुपैयाँ २ पैसामा इकार्यको कारोबार भएको र ८ रुपैयाँ मात्र लाभांश वितरण गरिएकाले मूल्य समायोजन नभएको हो  लक्ष्मी इक्वीटी फन्डले गत आवबाट ८ प्रतिशत मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बजार मूल्यको १० प्रतिशतभन्दा धेरै नगद लाभांश वितरण गर्ने सूचीकृत संस्थाको मात्रै नेप्सेले सेयर मूल्य समायोजन गर्ने गर्दछ ।

फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र कोष प्रबद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।