सरकारको एक महिनाको आम्दानी ८८ अर्ब, खर्च ३५ अर्ब १७ करोड

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा संघीय सरकारले ८८ अर्ब आम्दानी गरेर ३५ अर्ब रुपैयाँ खर्च गरेको छ ।

साउन महिनामा सरकाले कुल ८८ अर्ब १३ करोड प्राप्ती गरेर ३५ अर्ब १७ करोड ५९ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

एक महिनाको अवधिमा सरकारले ७० अर्ब १७ करोड ५२ लाख कर राजश्व तथा ८ अर्ब ६९ करोड ८९ लाख गैर कर राजश्व गरेर ७८ अर्ब ८७ करोड ४१ लाख राजश्व संकलन गरेको छ । त्यस्तै अन्य शिर्षकमा सरकारले ९ अर्ब २६ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, सरकारले चालु आवको पहिलो महिनमा ३५ अर्ब १७ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ। त्यसमा चालू तर्फको खर्च १२ अर्ब १९ करोड १७ लाख रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ सरकारले ९० करोड ६१ लाख रुपैयाँ खर्चिएको छ। वित्तीय व्यवस्थापनमा भने सरकारले २२ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ।

सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत १७ खर्ब ५१ खर्ब खर्च लक्ष्य प्रस्तुत गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।