पेट्रोलियम पदार्थ ढुवानीमा ट्यांकट्रक लकिङ सुरु, चुहावट रोकिने

0
Shares

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले ट्यांक ट्रक लकिङको शुभारम्भ गरेका छन्।

अमलेखगञ्ज स्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय परिसरमा मन्त्री रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको शुभारम्भ गरेका हुन्।

२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांकट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो।

२०७५ श्रावण १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टम अनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आइरहेको छ।

हाल अमलेखगंजबाट स्टक ट्रान्स्फर भई अन्य स्थानमा जाने ट्यान्करहरूमा पनि लक गरी पठाउने गरिएको छ।

ट्यांकट्रकमा लकिङ सिस्टम लगाउने प्रावधान अनुसार अहिले दोस्रो चरणको लकिङ कार्य अन्तरगत निगमको डिपोहरूबाट पेट्रोल पम्पसम्म जाने ट्यांकट्रकमा पनि ताल्चा लगाएर पठाउन सुरु गरिएको हो।

जसअनुसार शुक्रबारबाट प्रहरी कल्याण कोष मार्फत संचालनमा रहेको नेपाल प्रहरीको पथलैया स्थित पेट्रोल पम्पको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, सहाकारी संस्था अन्तर्गत संचालनमा रहेको साझा पम्प र भरतपुरको ट्यांकर तथा निजी क्षेत्रबाट संचालित कैलाश आयल नारायणगढको ट्यांकरमा ताल्चा लगाउन सुरु गरिएको हो।

ट्यांक ट्रक लकिङ सिस्टमले पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालले बिश्वाश ब्यक्त गरेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।