प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?


प्रभु बैंकले १ लाख ९४ हजार २४१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु नवल किशोर राज भण्डारीको नाममा रहेको ८६ हजार ४६६ कित्ता, कृष्ण प्रसाद पोखरेलको नाममा रहेको ३९ हजार ४०९ कित्ता र पुना चन्द्र अग्रवालको नाममा रहेको ६८ हजार ३६६ कित्ता गरी कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको उक्त सेयरमा आम सर्वसाधारणले पनि आवेदन दिन सक्ने छन् । बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको थियो ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेकोले आम सर्वसाधारणका लागी आवेदन खुलाइएको हो । उक्त कित्ता सेयर खरिदका लागी आज भदौ ३ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ भदौ २०८०, आइतबार  ०८ : ५५ बजे