कुथेली बुखरीको सेयर कारोबार सोमबारदेखि खुल्दै


कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । हाईड्रोपावरको १२ लाख १८ हजार ६७५ कित्ता सेयर आइतबार सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सेयर सूचीकृत भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारी समेतमा वितरण गरिएको २ लाख ४३ हजार ७३५ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता सेयर समेत गरी जम्मा १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीके आईपीओ सानउ ७ गते आइतबार बाँडफाँड भएको थियो । बाँडफाँड भएको करिब एक महिनापछि मात्रै कम्पनीको सेयर सूचीकृत भएको हो । अब सोमबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच सुरु हुनेछ ।

नेप्सेले कुथेली बुखरीको सेयर कारोबार सुरु गर्नका लागि १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ ०१ पैसाको प्राइस रेञ्ज तोकेको छ । आइतबार सेयर सुचीकृत भएसँगै यही रेञ्जलाई आधार मानेर भोली सोमबार स्पेशल प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार खुल्नेछ। स्पेशल प्रि ओपन सेसनका कारोबार भएपश्चात दोस्रो बजारमा नियमित कारोबार हुने छ । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई केबीएसएच (KBSH) कारोबार सिम्बोल प्रदान गरेको छ।

कम्पनीले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण सेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।कम्पनीले सर्वसाधरणका लागि गत असार २६ गतेदेखि २९ गतेसम्म  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीको सेयर १० हजार ११५ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी एक जनाले थप एक कित्ता सहित कुल ११ कित्ता हात पारेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।