प्रभु क्यापिटलमा डिम्याट खाता भएकाहरुले गुहेश्वरी डेन्टलमा छुट पाउने


प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकले गुहेश्वरी डेन्टल मल्टिस्पेशियालिटी एण्ड इप्लान्ट हबमा डेन्टलको उपचारमा छुट पाउने भएका छन् । यस सम्बन्धमा क्यापिटल र डेन्टलका बिचमा सम्झौता भएको छ ।

क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेण्टलका संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता भएकाहरुले दन्त उपचारमा उक्त डेन्टलमा १५ प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ । यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर गुहेश्वरी डेन्टललाई उपलब्ध गराउनु पर्ने क्यापिटलले जनाएको छ ।

भदौ १ गते सम्झौता भएको जनाउँदै क्यापिटलले १ वर्षसम्म सेवाग्राहीले छुट पाउने जनाएको छ । ललितपुर, पुलचोकमा रहेको गुहेश्परी डेन्टलमा डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्य सेवा लिँदा छुट उपलब्ध हुने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले २ लाख ३० हजार हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।