सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको बोनस सूचीकृत

0
Shares

सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्स गरी दुई कम्पनीको बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

सामुदायिक लघुवित्तले असार २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९.८० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।