निफ्रा बैंकको सञ्चालकमा प्रविण सुवेदी नियुक्त


नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को संञ्चालकमा प्रवीण सुवेदी नियुक्त को सञ्चालकमा प्रविण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकको १३२ औं बैठकले सुवेदीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

कम्पनी सचिव इश्वर बन्धु गौतमका अनसार सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकमा अनुज अग्रवाल अध्यक्ष छन् । उनी विशाल ग्रुप लिमिटेडको संस्थापक समूहबाट प्रतिनिधित्व गर्छन्  । यस्तै नेपाल सरकारको तर्फबाट श्रीकृष्ण नेपाल,  ग्लाेबल आइएमई बैंकको तर्फबाट रत्न राज बज्राचार्य, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी सदस्य छन् । बैंकमा शंकर प्रसाद अधिकारी स्वतन्त्र सल्लाहकार र  लिमा अधिकारी आचार्य सर्वसाधारण सेयरधनीबाट सञ्चालक समिति सदस्य छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भदौ २०८०, सोमबार  १४ : २६ बजे