रिलायबल नेपाल लाइफको आईपीओ: कतिमा खुल्छ पहिलो कारोबार ?

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको (आईपीओ) पहिलो कारोबारमा नै अधिकतम ४८६ रुपैयाँसम्म खुल्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधामा यस्तो देखिएको हो ।

कम्पनीको आव २०७८–७९ मा कम्पनीको प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ । सोही आधारमा कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम १६२ रुपैयाँ २९ पैसादेखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपन रेञ्ज पाउने देखिएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थलाई आधार मानेर न्यूनतम र त्यसको तीन गुणासम्मको अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ । सोही आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने गरिएको छ ।

कम्पनीको आईपीओ साउन ३१ गते बाँडफाँड भएको थियो । कम्पनीको आईपीओ सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेड र त्यपछि नेप्सेमा सूचीकरण हुनुपर्छ । हाल यो दुबै प्रक्रियामा छ ।

साउन २३ गतेदेखि २६ गतेसम्म बिक्री खुला गरिएको कम्पनीको आईपीओ ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २५७ मा कुल १ करोड २० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६ लाख कित्ता सामूहिक लगानी कोष र ६ लाख कित्ता कर्मचारीलाई बाँडफाँड गरेको थियो ।

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजार बने सेयरधनी

रिलायबल नेपाल लाइफको आईपीओमा ७५ सय आवेदन रद्द

रिलायबल नेपाल लाइफको सेयर ३५ प्रतिशत आवेदकले नपाउने, कति पर्यो आवेदन ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।