सांग्रिला डेभलपमेन्ट बैंकले बोनश नदिने, नगद लाभांश घोषणा

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले कर सहित ८.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रुपैयाँ छ । जस अनुसार बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ ।

गत वर्ष बैंकले ४ प्रतिशत बोनस शेयर र ५.४५ प्रतिशत नगद गरी कूल ९.४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।