शिखर इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालको ग्रेड ३ (प्लस) रेटिङ

0
Shares

शिखर इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ ।
इक्रा एनपी आईपीओ ग्रेड ३ (प्लस) रेटिङले हकप्रदमा लगानी गर्न तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

इन्स्योरेन्सले प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डमा गत असोज २८ गते निवेदन दिएको थियो।

इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।