छापावाला सुन किन्न १ लाख १० हजार ५ सय खर्चिनुपर्ने


छापावाला सुनको भाउ मंगलबार २ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार छापावाला सुन एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन एक लाख १० हजार ३०० रुपैयाँमा कायम थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख ९ हजार ७५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यसैगरी, आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८८९ दशमलव ५२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ भदौ २०८०, मंगलबार  १० : ४५ बजे