सिद्धार्थ इक्विटी र ग्रोथ स्किम–२ को बुकक्लोज तय

0
Shares

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल वितरणका लागि बुकक्लोज मिति निर्धारण भएको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले बुकक्लोज मिति निर्धारण भएको हो ।
गत आर्थिक वर्षबाट सिद्धार्थ इक्विटी फन्डले करसहित ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले करसहित ६।५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रतिफल वितरणका लागि भदौ १३ गते बुधबार बुकक्लोज मिति निर्धारण गरिएको हो । बुकक्लोज अनुसार भदौ १२ गते मंगलबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहने इकाईधनीहरुले मात्र प्रतिफल प्राप्त गर्न सकनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।