मिर्मिरे लघुवित्तको नायव कार्यकारी प्रमुख न्यौपानेको राजीनामा स्वीकृत

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

लघुवित्तका कम्पनी सचिव तुलसी राम पाठकका अनुसार सञ्चालक समितिको भदौ ५ गते बिहान १० बजे बसेको २७२ औं बैठकको निर्णय अनुसार न्यौपानेको राजीनामा स्वीकृत भएको हो । उनले दिएको राजीनामा भदौ १५ गते देखी लागू हुनेगरी स्वीकृत भएको हो ।

साथै सोही बैठकले लघुवित्तको सञ्चालक समिति सदस्य शान्ता केसी कार्की सञ्चालक समिति बैठकमा लगातार तीन पटक भन्दा बढी अनुपस्थित भएकाले नेपाल राष्ट्र बैकको एकिकृत निर्देशन नम्बर ०६–२०७८ को बुदा नम्बर ११ बमोजिम स्वत रिक्त हुने निर्णय गरेको छ । बैठकले भदौ ५ गते देखी लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल उनको सञ्चालक पद रिक्त राख्ने निर्णय गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।