एलिट स्टक हाउसले बिहीबारदेखि थाल्यो कारोबार

0
Shares

एलिट स्टक हाउस लिमिटेडले बिहीबारबाट कारोबार थालेको छ । यो ब्रोकर नम्बर ६८ रहेको कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा रहेको छ । कारोबार शुभारम्भको अवसरमा उक्त ब्रोकरले लगानीकर्ताको मनोबल उकास्दै सेयर बजारलाई थप सुदृढ, विश्वसनीय र प्रतिफलमुखी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । साे ब्रोकरले केही दिनभित्रै दोस्रो बजार मार्फत सेयर कारोबार थाल्ने बताएको छ ।

धितोपत्र बोर्डले आशयपत्र पाएकामध्ये मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका दोस्रो चरणमा थप ११ वटा ब्रोकर कम्पनीहरू लाइसेन्स दिएका थियो। एघार वटा ब्रोकर कम्पनीहरूमध्ये एलिट स्टक हाउस लिमिटेड पनि एक थियो । उक्त ब्रोकरले २०८० जेठ २४ गते बुधबार बोर्डले इजाजत प्रमाणपत्र प्रदान गरेको थियो ।

दोस्रो चरणमा प्रमाणपत्र पाउनेमा अन्य ब्रोकरहरुमा कलश स्टक मार्केट प्रालि।, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्यूरिटिज लिमिटेड, शुभकामना सेक्यूरिटिज प्रालि, मेगा स्टक मार्केट लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, मनि वल्र्ड शेयर एक्सचेन्ज प्रालि, माछापुच्छ्रे, सेक्युरिटिज लिमिटेड, के.वि.एल.सेक्यूरिटिज लिमिटेड, र नबिल सेक्युरिटिज लिमिटेड थिए । पहिलो चरणमा अनुमति पाएका ७ वटै नयाँ ब्रोकरले कारोबार गर्दै आइरहेको छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।