दरम खोला हाइड्रो इनर्जीले साढे ३९ करोडको आईपीओ ल्याउने

0
Shares

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३९ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न भदौ ५ गते मंगलबार नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दिएको हो । आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणमा जारी गर्ने कम्पनीले बताएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल क्यापिटल लिमिटेड रहेको छ ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनका अनुसार निर्माणाधिन आयोजनाको ८० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भईसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।