अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन


अग्रवाल सेवा केन्द्रको १७औँ वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार धानुका, सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल चयन भएको हो । यस्तै मानार्थ उपाध्यक्षमा सुमित कुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भएको हो । १२ सदस्यीय पदाधिकारीको महासचिवमा पङ्कज जलान, कोशाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरत कुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भएका छन् भने सह कोषाध्यक्ष ऋषि कुमार अग्रवाल चयन भएको छ ।अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । खास गरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समय देखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पङ्कज जलानले बताए । समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो ।

निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना समेत दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।