जोशी हाइड्रोपावरले डाक्यो साधारण सभा, हकप्रद प्रस्ताव पारित गर्दै


जोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले विद्युत नियमन आयोगको स्पीकृतिमा हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले यही भदौ ३१ गते काठमाण्डौंमा आठौं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले सेयरधनीलाई प्रतिफल वितरण गर्नेछैन । ३ मेगावाट क्षमताको माथिल्लो पुवा जलविद्युत आयोजना निर्माणका लागि हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीको वार्षिक साधारण सभा प्रयोजनको लागि भदौ १८ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ ।

कम्पनीले यस अघि नै ६५ प्रतिशत हकप्रद निष्काशनका लागि लक्ष्मी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।