सिटिजन्स म्युचुअल फण्ड २ ले घोषणा गर्यो प्रतिफल


सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

क्यापिटलको भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंकको प्रवद्र्धन तथा सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित फण्डले कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

प्रतिफल वितरणका लागि फण्डले भदौ १९ गते इकाईधनी दर्ता पुस्तिका बन्द गर्नेछ । भदौ १८ सोमबारसम्म कायम इकाईधनीले मात्र फण्डले प्रस्ताव गरेको प्रतिफल पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।