ङादी ग्रुप पावरले विद्युत नियमन आयोगबाट पायो हकप्रको स्वीकृति


शतप्रतिशत हकप्रद निष्काशन गर्नका लागि ङादी ग्रुप पावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ ।

आयोगको भदौ ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

अब कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि बुकक्लोजको मिति तोकर हकप्रद निष्काशन गर्नेछ । हाल १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्काशन पश्चात चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।