सेयर बजारको ओरालो यात्रा: २ हजार तल झर्यो, कारोबार सुस्त बन्दै


सुस्त अवस्थाबाट गुज्रिरहेको सेयर बजार आइतबार पनि ओरालो लागेको छ । बजार तल झर्दै गर्दा कारोबार रकम पनि सवा अर्बको हाराहारी कायम भएको छ ।

आइतबार बजार खुलेदेखि ओरालो लागेको थियो । ४ घण्टाको अवधिमा बजार परिसुचक नेप्से २०.५४ अंकले घटेर १९९३.३८ अंकमा ओर्लिएको छ । आइतबार २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता सेयरहरु ३८ हजार ६६६ पटक किनबेच हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँमा किनबेच भएका छन् ।

बजार सुचक तथा कारोबार रकम संकुचित हुँदै गर्दा २८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने धेरै कम्पनीको सेयर मूल्य घटेको छ । कुथेली बुखारी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा स्वाभिमान लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड २, पिपुल्स पावर, अपर सोलु हाइड्रो लगायत कम्पनीको सेयर मूल्य बढेको छ । मकर जितुमाया हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घटेको बजारमा लिबर्टी इनर्जी, अपर स्याङ्गे हाइड्रो, महुली लघुवित्त लगायत कम्पनीको सेयर मूल्यमा धेरै गिरावट आएको छ ।

समुहगत आधारमा सामुहिक लगानी कोष समुह मात्र सुधारिएको बजारमा अरु सबै समुहमा गिरावट आएको छ ।

माछापुच्छ्रे बैंकको अधिक सेयर कारोबार भएको बजारमा एशियन लाइफ इन्स्योरेन्सको धेरै रकमको सेयर किनबेच भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।