शिवम् सिमेन्ट अर्गनाईजेशन सेल्स एक्सलेन्ट अवार्ड–२०२३ बाट सम्मानित

0
Shares

शिवम् सिमेन्ट अर्गनाईजेशन सेल्स एक्सलेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको छ । भाद्र ८ गते काठमाडौँमा ग्रोथ सेलरद्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टले अर्गनाईजेशन सेल्स एक्सलेन्ट अवार्ड–२०२३ र शिवम सिमेन्टका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल इन्डीभिजल सेल्स एक्सलेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको हो ।यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ भने त्यस्तै बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त गरेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।