हिमालयनले सिभिल क्यापिटललाई गाभ्ने, स्वाप रेसियो कति ?

0
Shares

हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ती गर्ने भएको छ । माउ संस्थाहरु (हिमालयन बैंक र सिभिल बैंक) एक आपसमा मर्जर तथा एक्विजिशन भएपश्चात् हिमालयन बैंकको क्यापिटलले सिभिल बैंकको क्यापिटललाई गाभ्ने भएको हो ।

एक आपसमा मर्जर तथा एक्विजिशन कार्य सम्पन्न गर्न दुबै संस्थाले भदौ २७ गते विशेष साधारण सभा आह्वान गरेका छन् । हिमालयन क्यापिटलको भदौ ९ गते तथा सिभिल क्यापिटलको भदौ ११ गते सम्पन्न सञ्चालक समितिको बैठकले भदौ २७ गते बिहान ११ बजे आफ्नै रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा बोलाएका छन् । यसअनुसार हिमालयन क्यापिटलको विशेष साधारण सभा ठमेल र सिभिल क्यापिटलको सिटिसी मल सुन्धारामा आह्वान गरिएको छ । दुबैको सभाले हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष प्रस्ताव अनुमोदन गर्नेछन् ।

दुबै क्यापिटलको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (डीडीए) अनुसार सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) १००ः३१ स्वाप रेसियो मर्ज हुने भएका हुन् । यसअनुसार सिभिल क्यापिटलको १०० कित्ता सेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता सेयर कायम हुनेछ ।

क्यापिटलको सभाले डीडीए प्रतिवेदनबाट निर्धारण भएको स्वाप रेसियो स्वीकृत गर्ने, सिभिल क्यापिटललाई गाभेपछि जारी पूँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । साथै, सिभिललाई प्राप्ति गर्ने प्रक्रिया सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सिभिल क्यापिटललाई गाभेपश्चात् हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।