मिथिला लघुवित्तको सेयर संरचना परिवर्तन

0
Shares

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ढल्केबर धनुषाको सेयर संरचना परिवर्तन भएको छ । यसअघि लघुवित्तमा रहेको संस्थापक सेयरको हिस्सा घटाएर सर्वसाधारणतर्फको सेयर हिस्सा वृद्धि गरिएको हो ।

परिवर्तित पुँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ ९ लाख ९९ हजार ६१४ दशमलव ०६ कित्ता (५१%) र सर्वसाधारण समुहतर्फ ९ लाख ६० हजार ४१३ दशमलव ५० कित्ता (४९%) धितोपत्रको अनुपात कायम भएको छ ।

हाल कम्पनीको कुल चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार ७५६ रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा १९ लाख ६० हजार २७ दशमलव ५६ कित्ता सेयर रहेको छ ।

लघुवित्तको भदौ ११ को निर्णय अनुसार सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गरेको हो । सोही अनुसार परिवर्तित धितोपत्रको संरचना अभिलेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।