सिद्धार्थ इक्वीटी र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल सुरक्षित गर्ने आज भदौ १२ गते मंगलबार अन्तिम दिन रहेको छ । दुबै योजनाले प्रतिफल वितरणका लागि भदौ १३ गते बुकक्लोज गर्दैछन् ।

बुकक्लोज अनुसार प्रतिफल पाउन आजसम्म इकाईधनी भैसक्नुपर्नेछ । गत आर्थिक वर्षको नाफाबाट सिद्धार्थ इक्विटीले करसहित ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले करसहित ६.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।