लक्ष्मी बैंकको चुक्ता पूँजी झण्डै दश अर्ब पुग्यो, १५ प्रतिशत लाभांश पारित

0
Shares

लक्ष्मी बैंकको उन्नाइसौं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७५।७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांश लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा राखेको थियो ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो ।यसअनुसार मङ्सिर २२ गतेसम्म कायम बैंकका शेयरधनीले लाभांश पाउनेछन् ।

बैंकको हाल ८ अर्ब ९२ करोड ५ लाख चुक्तापूँजी छ । बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटि फण्ड नामक दुई म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।