लगानीकर्ताले आकर्षण बढ्दा ‘हिमालयन ८०–२०’ ओरभसब्क्राइब

0
Shares

हिमालयन क्यापिटलको पहिलो सामुहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ओभरसब्क्राइब भएको छ ।

सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन शुक्रबारसम्ममा ४६ हजार १४१ वटा आवेदन मार्फत ९ करोड १४ लाख ६१ हजार ८२० इकाई खरिदका लागि माग परेको छ । यो सर्वसाधारण लगानीकर्ताको तर्फबाट माग भएको इकाईको १.०८ गुणा हो ।

हिमालयन क्यापिटलले कोष प्रवद्र्घक हिमालयन बैंकलाई १५ प्रतिशत इकाई सुरक्षित राखी ८ करोड ५० लाख इकाई साउन ३२ देखि भदौ १५ गतेसम्म सर्वसाधारणमा बिक्री खुला गरिएको थियो । पछिल्ला दिनमा लगानीकर्ताको आकर्षण बढेसँगै फन्डको आकार समेत वृद्धि हुने भएको छ । यससँगै ‘हिमालयन ८०–२०’ को योजनाको आकार एक अर्ब पाँच करोड माथि कायम हुनेछ ।

हिमालयन क्यापिटलले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँको दरले १० करोड इकाईले हुन आउने कुल रकम एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईको बिक्री खुला गरिएको थियो । जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको (इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष प्रवद्र्घक, हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखीएको थियो । बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईहरु सार्वजनिक रुपमा निष्काशन खुला भएको थियो ।

दश वर्ष अवधिको उक्त बन्दमुखी योजनाको इकाईमा न्यूनतम १०० देखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था थियो । “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने क्यापिटलले जनाएको छ ।

नेपाली पुँजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यसहित यस योजनाको लगानी व्यवस्थापन हिमालयन क्यापिटल लिमिटेडले गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।