नागरिक लगानी कोषको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

नागरिक लगानी कोषको लिलामीमा रहेको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।

लाइफ इन्स्योरेन्स कर्पोरशेन लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर मंसिर २३ गतेदेखि बोलकबोल प्रक्रियाबाट बिक्रीमा राखेको थियो ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ४९५ रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेस गर्न सक्नेछन् । आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

लिलामीमा राखिएको शेयर खरिदका लागि पुस ७ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । कोषको शेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।