इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ? एजिएम आह्वान

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गर्ने एजेण्डा सहित ३३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकको साधारण सभा पुस २८ गते, राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे शुरु हुनेछ।

बैंकको साधारण सभाले चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर र कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १४ गतेदेखि शेयर दाखिल खारेज दर्ता बन्द गर्नेछ। यस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १४ अर्ब २२ करोड १० लाख ७२ हजार पुग्नेछ।