गणपति माइक्रोफाइनान्सको आईपिओ केहीबेरमा बाँडफाँड हुँदै, तीन लाख आवेदक रित्तो हात


गणपति माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण शेयरको बाँडफाँड शुक्रबार हुँदैछ । माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले नोटबजारलाई दिएको जानकारी अनुसार क्यापिटलको कार्यालयमा साढे १० बजे शेयर बाँडफाँड हुनेछ ।

माइक्रोफाइनान्सको शेयरमा झण्डै ३ लाख ३० हजार वटा आवेदन परेको थियो । ३१ हजार ३०७ जनाले मात्र १० कित्ताका दरले लघुवित्तको शेयर पाउने छन् । झण्डै ३ लाख आवेदकको हात खाली हुनेछ ।

गणपतिले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ३५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । यसमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

गणपतिले जारी पुँजीको ३२.३ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।