एनसीसी बैंकले प्रस्ताव गर्यो लाभांस, बोनस कति ?

0
Shares

एनसीसी बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गते आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले बोनस तथा कर प्रयोजनका लागि नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । त्यसै गरी कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ ।

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख रुपैंया नाघ्नेछ ।

बैंकले प्रस्तावित लाभांस केन्द्रीय बैंकबाट स्वीकृत गराई साधारण सभाबाट अनुमोदन गराए पछि लगानीकर्ताले पाउने छन् ।

बैंकले आर्थिक वर्ष २०७४ ०७५ मा १५.८९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांस बितरण गरेको थियो ।