आइपीओ ल्याउने तयारीमा रहेको एसवाई प्यानललाई डबल बी रेटिङ, बार्षिक कारोबार साढे ५० करोड

0
Shares

सार्वजनिक निष्काशन गर्ने तयारीमा रहेको एसवाई प्यानल नेपाल लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले डबल बी रेटिङ गरेको छ ।

कोरियन प्रविधिद्धारा उत्पादित प्यानल, युपीभीसी वीन्डो, प्यानल डोर, कोल्ड रुम डोर, रुफीङ प्यानल, कोल्ड रुम च्याम्बर लगायतका सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । २०७२ सालको महाभूकम्प पछि मानिसहरुले भुकम्प रहित घरहरु निर्माण गरिरहेका छन् । अघिकांश घरहरुमा पछिल्लो समयमा एस वाइ प्यानलद्धारा उत्पादित प्यानल (रुफीङ)को प्रयोग बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ५० करोड ५० लाख (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ४१ करोड ६० लाख सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्ष र गत वर्षको सञ्चालन आम्दानी तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी २१.३९ प्रतिशतले बढेको हो ।

कम्पनीको व्यापारमा वृद्धि हुँदा आम्दानी बढेको छ भने आम्दानीमा आएको सकरात्मक परिवर्तनसँगै कम्पनीको अन्य वित्तीय सूचांकमा समेत सुधार आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो । गत आवमा सो नाफा कुल सञ्चालन आम्दानीको १६ प्रतिशत रहेको छ । अघिल्लो आवमा कम्पनीको सो नाफा १४ प्रतिशत थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीमा दक्षिण कोरियाली एस वाइ कम्पनीको लगानी रहेको छ । एसवाइ नेपालमा एस वाइ कम्पनीको सेयर हिस्सा ६३ प्रतिशत रहेको छ । यस्तै बाँकी सेयर एस वाइ कम्पनीका सेयरधनीहरुको रहेको छ । कम्पनीका देशभर ५२ डिलर संस्थाहरु रहेका छन् । माउ कम्पनीको वित्तीय, प्राविधिक तथा माउ कम्पनीले नियुक्त गरेकै प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा कम्पनी सञ्चालनमा रहेको छ ।

कम्पनीको एक्सपान्डेड पोलिस्ट्रीन (इपीएस) उत्पादन गर्ने वार्षिक क्षमता ५३ लाख ८० हजार वगै फीट, ६ हजार युनिट युपीभीसी वीन्डो र स्टील डोर ७ हजार ५०० युनिट उत्पादन गर्न सक्ने क्षमता रहेको छ । कम्पनीको फ्याक्ट्री चितवनको रत्ननगरमा अवस्थित छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।