छ्याङदी हाइड्रोपावरले ५ प्रतिशत बोनश पछि ३० प्रतिशत हकप्रद बेच्ने

0
Shares

छ्याङदी हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ६ गते आइतबार सम्पन्न ६४ औं बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी २७ करोडको ५ प्रतिशत १ करोड ३५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशतले हुन आउने ७ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। साथै कम्पनीले बोनस वितरण पश्चात कायम हुने चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ८ करोड ५० लाख ५० हजार रुपैयाँ ८ लाख ५० हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत साधारण सभामा राख्ने भएको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा आह्वान गरेको छ भने साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।