सिर्जना फाइनान्सले पनि पुर्यायो तोकिएको चुक्ता पूँजी, १५ प्रतिशत लाभांश प्रस्ताव

0
Shares

सिर्जना फाइनान्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनसका साथै करमा लाग्ने नगद वितरण गर्ने प्रस्ताव गरेको छ ।

फाइनान्सले यसअघि बिक्री गरेको ६० प्रतिशत हकप्रद शेयरले समेत पाउनेगरी उक्त बोनश प्रस्ताव गरेको हो । फाइनान्सले असोज १७ देखि कात्तिक २१ गतेसम्म १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर बिक्रीमा गरेको थियो।

हकप्रद बिक्रीपछि पुँजी ७३ करोड ७२ लाख ५१ हजार रुपैयाँ पुग्नेछ । जस अनुसार फाइनान्सले उक्त चुक्ता पूँजीको १५ प्रतिशतले हुन् आउने ११ करोड ५ लाख ८७ हजार ६ सय ८० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५८ लाख २० हजार ४ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

बोनसपछि फाइनान्सको चुक्ता पूँजी ८४ करोड ७७ लाख पुग्नेछ ।