जगदम्बाले सुरु गर्यो भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेटको उत्पादन


जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले ल्याण्ड रिफाइनिङ फर्नेस (एलआरएफ) प्रविधिबाट नेपालमा प्राइम बिलेटको उत्पादन सुरु गरेको छ । नेपालमा पहिलो पटक प्राईम बिलेट उत्पादन सुरु गरिएको दाबी गर्दै उक्त बिलेट भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने जनाएको छ ।

२०७२ बैशाख १२ गतेको भूकम्पले ठूलो प्रभाव पारेपछिका दिनमा नेपालमा एफई ५०० डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ । उक्त डण्डी भूकम्प प्रतिरोधात्मक हुने र प्राईम बिलेटबाट मात्र बन्ने गर्छ ।

जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले जगशक्ति गोल्ड ब्राण्डमा एफई ५०० डी डण्डीको उत्पादन एवं बिक्री बितरण गर्दै आएको छ । बीरगञ्ज – पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा ईन्टरप्राईजेज प्रा.लिले जि.आई.पाईप, व्ल्याक पाईप, त्यूबुलार र पोल, हाईमाष्ट पोल, फेव्रिकेशन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।