बीएमडब्लुको ‘२०२५ मिनी कन्ट्रीम्यान’ कार अनावरण, यस्ता छन् विशेषता

0
Shares

जर्मनीमा आयोजित ‘अन्तराष्ट्रिय अटो शो’ मा बीएमडब्लु मिनीले उत्पादन गरेको ‘२०२५ मिनी कन्ट्रीम्यान’ कारको फर्स्ट लुक अनावरण गरिएको छ ।

बीएमडब्लु मिनीले उत्पादन गरेको ‘२०२५ मिनी कन्ट्रीम्यान’ पहिलो विद्युतीय कार हो । कम्पनीले यस मोडलका दुई कारहरु सार्वजनिक गरेको छ । मिनिमल एक्सटेरियर डिजाइनमा निर्माण गरेको उक्त कारका ‘कन्ट्रीम्यान इ’ र ‘कन्ट्रीम्यान एसइ’ मोडलको फर्स्ट लुक सार्वजनिक गरिएको हो ।

‘२०२५ मिनी कन्ट्रीम्यान’ मोडलका दुवै कार सन् २०२४ को तेस्रो त्रैमासमा कर्मेसियल रुपमा लन्च हुने आकलन गरिएको छ । अटोमेटेड ड्राइभिङ्ग असिस्टेन्टको सुविधा रहेको उक्त मोडलको बाह्य आवरण साधारण र मिनिमल रहेको छ । ‘कन्ट्रीम्यान इ’ मोडलको कारले एक पटकको चार्जमा २४० माइलको ब्याट्री ब्याकअप दिन्छ । यस मोडलको कारमा २०१ हर्सपावरको ब्याट्री उपलब्ध छ ।

यस्तै ‘कन्ट्रीम्यान एसइ’ मोडलको कारले एक पटकको चार्जमा २४० माइल्स बढीको ब्याट्री ब्याकअप दिनेछ । जसमा ३०८ हर्सपावरको ब्याट्री जडान छ । तथापि अटो व्यवसायीहरुको आकलन अनुसार यी दुई मोडलका कारहरुले अधिकतम २२५ माइल्सको ब्याट्री ब्याकपन दिनेछन् ।

कारलाई ‘२०२५ मिनी कन्ट्रीम्यान’ मोडलको नाम दिएता पनि कारको इन्टेरियर फराकिलो रहेको छ । यस अघि उत्पादन भएका कारको तुलनामा तेस्रो जेनरेसनको यो मोडलको कार ठूलो र फराकिलो छ । जसकारण कारमा बस्ने प्यासेन्जर र कारगो स्पेसका लागि पर्याप्त ठाउँ पुग्ने छ । यस्तै कारमा मनोरञ्जनका लागि गोल आकारको डिजिटल डिस्व्ले राखिएको छ । जसमा एप्पल कारप्ले र एन्रोइड अटो प्ले गर्न सकिनेछ ।

कारमा ड्राइबर असिस्टेन्ट फिचरहरु समेत उपलब्ध छन् । अटोमेटेड इमर्जेन्सी ब्रेक र लेन–किपिङ असिस्टेन्स लगायतका फिचरहरु कारमा उपलब्ध छन् । बीएमडब्लु मिनीले उत्पादन गरेका यी कारहरुले विद्युतीय कार निर्माता कम्पनी टेस्लाको टेस्ला मोडल वाइ र कियाले उत्पादन गरेको किया नीरो इभीसँग प्रतिस्पर्धा गर्नेछ ।

फस्र्ट लुक अनावरण गरेतापनि कम्पनीले कारको मूल्य तोकिसकेको छैन । तथापि अटो व्यवसायीहरुले यी दुई मोडलका कारहरुको मूल्य अमेरिकी डलर ५० हजार देखि ६० हजार सम्म पर्न जाने अनुमान गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।