सिभिल बैंकको २० लाख कित्ता संस्थापक शेयर अंकित मूल्यमै खरीद गर्न सकिने

0
Shares

सिभिल बैंकले लिलामीमा राखेको संस्थापक समहुको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक शेयरमा मंसिर २४ गते देखि आवेदन खुला गरिएको थियो।

बैंकको शेयर खरिद गर्न संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुस ८ गते भित्र सिभिल क्यापिटल सुन्धारा काठमाडौंमा आइपुग्ने गरि आवेदन गर्न सकिनेछ ।

संस्थापक समहुको शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन गर्न सकिनेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन। आवेदन पेश गर्दा न्यूनतम प्रतिशेयरको १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्नेछ।

लिलामी शेयरमा परेको आवेदन पुस ९ गते बिहान ११ बजे खोलिने शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।