सानिमा रिलायन्सले बीमितलाई अधिकतम ७० रुपैयाँसम्म बोनस दिने

0
Shares

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई न्यूनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने भएको छ । आज सार्वजनिक भएको गत आर्थिक वर्ष २०७८।७९ को बीमालेखहरुको बोनसदर अनुसार कम्पनीले बिक्री गरेको विभिन्न जीवन बीमा योजनाको प्रकार र अवधि अनुसार प्रति हजारमा अधिकतम ७० रुपैयाँसम्म बोनस निर्धारण गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७८–७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको भदौ १९ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङ्कीय मुल्याङ्कन स्वीकृत नभएसम्मका लागि उक्त बोनसदर कायम हुनेछ ।

सानिमा रिलायन्स लाइफले सावधिक जीवन बीमा योजना (रेगुलर) मा न्यूनतम प्रतिहजार ३५ देखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीले ९ वर्षसम्म, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १९ देखि २५ वर्षको लागि प्रतिहजार ४५ र २५ वर्ष वा सोभन्दा बढी अवधिको सावधिक जीवन बीमा योजना खरिद गरेका बीमितहरुका लागि अधिकतम ७० रुपैयाँ बोनस निर्धारण गरिएको हो । कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) अन्तरगत १३ हजार ९५२ वटा बीमालेख बिक्री गरेकाले उक्त संख्याका बीमितहरु यस योजनामा घोषित बोनसदरबाट लाभान्वित हुनेछन् ।

यस्तै कम्पीनीले सावधिक जीवन बीमा योजना (एकल) मा अधिकतम प्रतिहजार न्यूनतम ३५ देखि ६५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । यस योजनाको बीमितले ९ वर्षसम्म र १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३८ रुपैयाँ, २० देखि २४ वर्षको लागि प्रतिहजार ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि ६५ रुपैयाँ तोकिएको हो । कम्पनीले सावधिक जीवन बीमा योजना (एकल) अन्तरगत ७९६ वटा बीमालेख बिक्री गरेकाले उक्त संख्याका बीमितहरु यस योजनामा घोषित बोनसदरबाट लाभान्वित हुनेछन् ।

सानिमा रिलायन्स लाइफमा त्रिपल सावधिक बीमा योजना खरिद गरेका बीमितले न्यूनतम २० देखि ३० रुपैयाँ पाउनेछन् । जसमा १० देखि १४ वर्षसम्म र १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार २० रुपैयाँ, २० देखि २४ वर्षको लागि प्रतिहजार २५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको त्रिपल सावधिक बीमा योजना खरिद गरेका बीमितले ३० रुपैयाँ बोनस पाउनेगरी बोनसदर कायम गरिएको छ । कम्पनीले त्रिपल सावधिक बीमा योजना अन्तरगत ७९६ वटा बीमालेख बिक्री गरेकाले उक्त संख्याका बीमितहरु यस योजनामा घोषित बोनसदरबाट लाभान्वित हुनेछन् । कम्पनीले सावधिक जीवन बीमा योजना (एकल) अन्तरगत ७९६ वटा बीमालेख बिक्री गरेकाले उक्त संख्याका बीमितहरु यस योजनामा घोषित बोनसदरबाट लाभान्वित हुनेछन् ।

साथै कम्पनीले दम्पति सावधिक बीमा योजनामा प्रतिहजार २० देखि ३० रुपैयाँ बोनसदर तोकेको छ । यस योजनाको १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार २० रुपैयाँ, २० देखि २४ वर्षको लागि प्रतिहजार २५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि ३० रुपैयाँ तोकिएको हो । कम्पनीले दम्पति सावधिक बीमा योजना अन्तरगत २ हजार ७२ वटा बीमालेख बिक्री गरेकाले उक्त संख्याका बीमितहरु यस योजनामा घोषित बोनसदरबाट लाभान्वित हुनेछन् ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा प्रतिहजार न्यूनतम ३५ देखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । यस योजनामा ९ वर्षसम्म, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि प्रतिहजार ४५ र २५ वर्ष वा सोभन्दा बढी अवधिको सावधिक जीवन बीमा योजना खरिद गरेका बीमितहरुका लागि अधिकतम ७० रुपैयाँ बोनस निर्धारण गरिएको हो । कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तरगत २ हजार ९९९ वटा बीमालेख बिक्री गरेकाले उक्त संख्याका बीमितहरु यस योजनामा घोषित बोनसदरबाट लाभान्वित हुनेछन् ।

कम्पनीले अग्रिम भुक्तानी योजनामा प्रतिहजार ३२ देखि ४२ रुपैयाँ बोनसदर तोकेको छ । यस अन्तरगत १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३७ रुपैयाँ, २० देखि २४ वर्षको लागि प्रतिहजार ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । कम्पनीले अग्रिम भुक्तानी योजना अन्तरगत १ हजार ४२४ वटा बीमालेख बिक्री गरेकाले उक्त संख्याका बीमितहरु यस योजनामा घोषित बोनसदरबाट लाभान्वित हुनेछन् ।

सानिमा रिलायन्स लाइफको वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम प्रतिहजार १९ रुपैयाँदेखि २१ रुपैयाँ सम्म बोनसदर कायम गरेको छ । जसमा १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार १९ रुपैयाँ र २० देखि २४ वर्षको लागि प्रतिहजार २१रुपैयाँ बोनसदर निर्धारण गरिएको हो । कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजना अन्तरगत ४ हजार ६३५ वटा बीमालेख बिक्री गरेकाले उक्त संख्याका बीमितहरु यस योजनामा घोषित बोनसदरबाट लाभान्वित हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।