नेपाल महिला चेम्वरद्वारा ‘ट्रेड शो तीज स्पेशल २०२३’ आयोजना

0
Shares

नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ‘ट्रेड शो तीज स्पेशल २०२३’ आयोजना गरेको छ ।

नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका बिबिध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवद्र्धन महिलाहरुमा उद्यमीशीलताको बिकाश गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका हुन ।

आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्वर महिलाहरुको सर्वागिंण बिकाशको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको बिकास तथा सामाजिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे ।

महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउंदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्वरलाइ धन्यबाद व्यक्त गरे ।

नेपाल महिला चेम्वरका महासचिव तथा मेला संयोजक श्री लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिइन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।