विशाल ग्रुपको लगानी रहेको एशियन डिष्ट्रीव्युटर्सको ९ महिनाको आम्दानी १ अर्ब

0
Shares

व्यापारिक घराना विशाल ग्रुपको लगानी रहेको एशियन डिष्ट्रीव्युटर्सले आर्थिक वर्ष २०७९/८०को ९ महिनामा १ अर्ब १ करोड ३१ लाख सञ्चालन आम्दानी गरेको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४९ करोड २ लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको तथ्यांकलाई अघिल्लो आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा कम्पनीको आम्दानी ४.०७ प्रतिशतले घटेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा कमी आएता पनि वित्तीय सूचांकमा सकरात्मक सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा गत आवमा कुल सञ्चालन आम्दानीको १४.१ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा ९.४ प्रतिशत थियो ।

सन् २०११ मा स्थापना भएको कम्पनीले फास्ट मूभीङ कन्जूमर गुड्स (एफएमसीजी) सामाग्रीहरुको आयात र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले निभिया, स्ट्रीक्स, म्याक्भीटिजको बिस्कुट र चकलेट। भासमोल, ग्लुकन–डी, कमप्लान लगायतका २५० बढी कम्पनीद्धारा उत्पादित सामाग्रीहरुको प्यान–नेपाल बिक्री वितरण गर्दै आएको छ।

कम्पनीमा विशाल ग्रुप प्रमोटर रहेको छ । जसमा ग्रुपकै अशिष कुमार अग्रवालको लगानी २६ प्रतिशत, कविता अग्रवालको लगानी २१ प्रतिशत , विशाल अग्रवाल, सबिता अग्रवाल र सिल्पा अग्रवालको लगानी कुल सेयरको ११ प्रतिशत रहेको छ ।

कम्पनीले ८१ करोड ४० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रानेपालले १ करोड ३७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र ८० करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ दिएको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ४.४ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।