पुस महिनाभित्र सम्पति शुद्धिकरण सम्बन्धी प्रतिवेदन पेश गर्न राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्था बमोजिमको संस्थागत तथा क्षेत्रगत जोखिम मुल्याङन सम्बन्धी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै उक्त प्रतिवेदन यहि पुस महिनाभित्र सम्बन्धित सुपरिवेक्षण विभागमा बुझाउन भनेको छ ।

यस्तै जोखिम मुल्याङनको आधारमा आवश्यक नीति तथा कार्यविधि तर्जुमा गरी समग्र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कार्यप्रणाली व्यवस्थीत गर्ने, जोखिम सापेक्ष ग्राहक पहिचान, अनुमगन, शंकास्पद कारोबार पहिचान प्रणालीको व्यवस्था गर्न समेत भनेको छ । केन्द्रिय बैंकले उक्त ऐनको परिच्छेद ६ को व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने कार्य आगामी माघ महिनाभित्र पुरा गरी सम्बन्धित सुपरिवेक्षण विभागमा बुझाउन निर्देशन दिएको छ ।

यसैगरी, सम्पत्ति शुद्धिकरण निवारण ऐनको उदेश्य र राष्ट्र बैंकको निर्देशन बमोजिम सूचक संस्थाले जोखिमको आधारमा प्रणालीगत व्यवस्था सहित ‘गोएएमएल’ को माध्यमबाट वित्तीय इकाईमा रीपोटिङ गरे नगरेको तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा जारी भएका निर्देशनहरु आवश्यक निरीक्षण र सुपरिवेक्षण गरिने समेत राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आगामी माघ १ गतेबाट अनिवार्य रुपमा विद्युतिय माध्यम ‘गोएएमएल’बाट मात्र प्रतिवेदन पेश गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ भने ख तथा ग वर्गका विीत्तय संस्थाहरुलाई समेत पुस महिनाभित्र ‘गोएएमएल’मा रजिष्ट्रेशन हुन भनेको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्ष अर्थात २०७७ साउनबाट सबै वित्तीय संस्थाले अनिवार्य रुपमा ‘गोएएमएल’ मार्फत वित्तीय विवरण बुझाउनुपर्ने प्रष्ट्र पारेको छ ।