युवा उद्यमशिलता शिखर सम्मेलनमा ब्रिटिस कलेजले साझेदारी गर्ने

0
Shares

नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिश कलेजले ज्ञान साझेदारकारुपमा सहकार्य गर्ने भएको छ ।

सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र ब्रिटिश कलेजकातर्फबाट कार्यकारी निर्देशक महेन्द्र राज कँडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालमा बसेर स्टार्टअप गरिरहेका उद्यमी, इनोभेसनमा सक्रिय हुने युवाहरुको यो सम्मेलन उपयोगी हुने देखेर सम्मेलनमा सहकार्य गरेको ब्रिटिश कलेजका कार्यकारी निर्देशक महेन्द्र कँडेलल बताए। उनका अनुसार ब्रिटिश कलेजले स्टार्टअप उद्यम, डिजिटल रुपान्त्रण र गुणस्तरीय शिक्षालाई उद्यमशिलता र सीपसंग जोडेर सैद्ध्रान्तिक मात्र नभएर ब्यवहारिक कार्यक्रममा जोड दिएको बताए ।

त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआईका अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशिलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशिलताको भिजन डकुमेन्ट २०२३ को निमार्ण एवं कार्यान्वयनका लागि यो सिखर सम्मेलन उपलब्धीमुलक हुने बताए । उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु सिखर सम्मेलनमा सहभागी हुने छन् ।

प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो बर्षको सम्मेलनमा “युवा नर्वप्रवर्तन:लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ । यो सम्मेलनल कोभिड १९ र पछिल्लो बित्तिय चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशिलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि, युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबिचको उच्चस्तरीय नेटवकिङ् र लगानी सम्झौताका लागि र युवाहरुमा बित्तिय पँहुच, सरकारी निति, करनिति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिबृद्धि र उद्यमको बृद्धि बिकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजकको बिश्वास रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।